आज नेप्सेमा दोहोरो अंकको गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १७ १५:३२ बजे
सेयर बजार

काठमाडौं । लगातार उकालो यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से आज भने अ‍ाेरालो लागेको छ । लगातार तीन दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अंकले ओरालो लागेको हो । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव १४ ओरालो लागेको हो । आज नेप्से ओरालो लागे सँगे १९२२.१६ विन्दुमा पुगेको छ । 

आज कारोबारमा आएकाहरुमध्ये बीमा समूह बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २० वटा कम्पनीको २७ लाख ६७ हजार कित्ता शेयर ८९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । एभरेस्ट बैंकको  सबै भन्दा धेरै कारोबार भएको छ । 

आज विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रो, मैलुङखोला जलविद्युत् र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज युनिलिभर नेपालको शेयर साढे ६ प्रतिशतले बढेको छ । 

२०७९ कात्तिक १७ १५:३२ बजे

प्रतिक्रिया