एमाले केन्द्रीय सदस्य रीताकुमारीद्वारा पार्टी परित्याग

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १७ १५:१२ बजे
पार्टी परित्याग

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सहईन्चार्ज रीता कुमारीले पार्टी परित्याग गरेकी छन् । उनले एक विज्ञप्तिमार्फत एमाले र सो पार्टीका अध्यक्ष कार्यशैली तथा नीतिप्रति असन्तुष्टि जनाउँदै एमाले परित्यागको गरेको बताएकी हुन् । 

‘पछिल्लो समय हुँदै आएको देश र जनताको अहितका गतिविधिहरूप्रति मेरो निरन्तर फरक मत एवम् आपत्ति रहँदै आएको छ । तर पार्टीभित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षको हाम्रो बोलीलाई निरन्तर दबाउने कार्य हुँदै आएकाले एमाले छोडेको बताएकी छन् ।

यथास्थितिवादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको वर्तमान परिपेक्ष्यमा नेकपा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्षसहित नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरी केन्द्रीय कमिटी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उनले विज्ञप्ती मार्फत जनाएकी छन् । 

२०७९ कात्तिक १७ १५:१२ बजे

प्रतिक्रिया