सुनसँगै चाँदीको मुल्य पनि ओरालो लाग्यो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १७ ११:४१ बजे
सुनको मुल्य

काठमाडौं । आज विहीबार नेपाली बजारमा सुनको मूल्य  ओरालो लागेको छ । हिजो बुधबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार  भइरहको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।  हिजो प्रतितोला ५०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि ओरालो लागेको छ । हिजो बुधबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १० रुपैयाँले घटेर ओरालो  लागेको हो । चाँदी आज प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार  भइरहेको छ ।

२०७९ कात्तिक १७ ११:४१ बजे

प्रतिक्रिया