सुकुम्वासी समस्या समाधान एमालेको प्राथमिकतामा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १७ ११:०८ बजे
विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाण पूर्जा दिने काम आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । पौडेलले बिहीबार बुटवलमा भएको चुनावी भेलामा बोल्दै सुकुम्वासी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने बताएका हुन् । पौडेल रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् । 

रुपन्देहीमा अव्यवस्थित, भूमिहीन दलित र सुकुम्बासी गरी करिब ७० हजार परिवार रहेको बताउदै उनले, ‘विगतमा पनि एमाले सरकारले सुकुम्वासी समस्या समाधानलाई उच्च प्राथमिकता दिएर काम गरेको हो तर लालपुर्जा बाँड्ने अन्तिम समयमा सरकार ढालिएको बताएका छन् । 

चुनावको समयमा जथाभावी आरोप लगाउने र बद्नाम गर्ने कोसिस हुने भन्दै उनले कसैलाई आरोप नलगाई आफूले गरेका काम र एजेण्डा जनतामाझ लैजान एमाले कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

२०७९ कात्तिक १७ ११:०८ बजे

प्रतिक्रिया