सेयर कारोबारमा निरन्तर सुधार

सेयर बजार

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १६ १५:३६ बजे
सेयर बजार

काठमाडौं । हिजो उच्च अंकले उकालो लागेको सेयर बजार परिसुचक नेप्स आज पनि उकालाे लागेको छ ।  दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा सात दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ३८ दशमलव ३० विन्दुमा पुगेको छ । 

आज बैंकिङ, व्यापार र निर्जीवन बीमाबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजारसँगै कारोबार रकम पनि दिनदिनै बढिरहेको छ । दुई सय २७ वटा कम्पनीको ४३ लाख ४६ हजार कित्ता शेयर एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँमा कारोबार भए ।  शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको सबै भन्दा धेरै कारोबार भएको छ । 

आज कर्पोरेट विकास बैंक र कर्णाली विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि सबैको लघुवित्त कम्पनीको शेयर झन्डै चार प्रतिशत र माहुली लघुवित्तको शेयर साढे तीन प्रतिशतले घटेको छ ।

२०७९ कात्तिक १६ १५:३६ बजे

प्रतिक्रिया