प्रधानमन्त्री देउवाले गृह जिल्ला डडेल्धुरा जान शर्तहरु पालना गर्नुपर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १६ १३:१९ बजे
प्रधानमन्त्री देउवा

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र डडेल्धुरा जान  विभिन्न शर्त सहित अनुमती दिएको छ । देउवाले सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र डडेल्धुरा जान पाउँने भएका छन् । 

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेको थियो । त्यतिबेला आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन ।

देउवाले व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति मागेपछि स्वीकृति दिएको आयोगले जनाएको छ । 

२०७९ कात्तिक १६ १३:१९ बजे

प्रतिक्रिया