सुनको मुल्य आज तोलामा ५०० रुपैयाँले बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १६ १२:०९ बजे
सुनको मुल्य

काठमाडौं । हप्ताको  चौथो दिन आज (बुधबार)  नेपाली बजारमा पहेँलो धातु (सुन) को मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।  

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको  महासंघले जनाएको छ ।  मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। 

बुधबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो। 

२०७९ कात्तिक १६ १२:०९ बजे

प्रतिक्रिया