रुसले युरोपमा पठाउँदै आएको ग्यास निर्यातमा भारी कटौती गर्दै

रुसले युरोपमा पठाउँदै आएको ग्यास निर्यातमा भारी कटौती गर्दै

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १० १३:३८ बजे
ग्यास निर्यातमा
काठमाडौं। रुसले युरोपमा आपूर्ति गर्दै आएको ग्यासमा भारी कटौती गर्ने भएको छ। रुसको विख्यात इन्धन कम्पनी गाजप्रोमले युरोपमा पठाउँदै आएको ग्यास आपूर्ति कटौती गर्ने भएको हो ।
रुस-युक्रेन युद्ध चलिरहँदा युक्रेनको समर्थन गरेका युरोपेली देशमा रुसले पठाउँदै आएको ग्यास कटौती गर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ ।युरोपमा रुसले नर्ड स्ट्रिम पाइपलइनमार्फत ग्यास पठाउँदै आएको छ ।
कम्पनीका अनुसार उक्त पाइपलाइनमा अर्को एउटा टर्बाइन रोक्दा दैनिक ग्यास उत्पादनमा २० प्रतिशतले कमी आउनेछ जसकार कारण हाल भइरहेको आपूर्तिभन्दा आधा घट्ने छ ।
रुसले ग्यास आपूर्तिमा कटौती गर्ने भनेसँगै युरोपेली राष्ट्र जर्मनीले ग्यासको आपूर्ति सीमित गर्नुमा रुससँग कुनै ठोस कारण नभएको बताएको छ ।
रुसबाट जर्मनीसम्म ग्यास पुर्‍याउने नर्ड स्ट्रिम १ पाइपलाइनबाट केही साताअघि देखि नै पाइपालइनको क्षमताभन्दा कम ग्यास आपूर्ति गरिँदै आएको थियो । यसै महिना उक्त पाइपलाइनलाई मर्मतसम्भार गर्ने भन्दै १० दिनका लागि पूणर् रुपमा बन्द गरिएको थियो ।
२०७९ साउन १० १३:३८ बजे

प्रतिक्रिया