आगामी निर्वाचनको बहिष्कारका लागी १९ गते धनगढीमा हुने सभाको व्यापक तयारी

भारतीय पक्षको लापरबाहीका कारण नेपाली बच्चाको निधन भएकोमा निन्दा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १४ १४:३९ बजे
चार पार्टी संयुक्त बैठक धनगढी

धनगढी नेपाल कम्युनिष्ट पार्टी  (मशाल) , नेपाल कम्युनिष्ट पार्टी (वहुमत) ,नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) समेतका पार्टी को हिजो अत्तरियामा  बसेको बैठकले आगामी  मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनको बहिष्कारका लागि व्यापक तयारी थालेका छन् । यि कम्युनिष्ट पार्टीहरूले कार्तिक १९ गते धनगढीमा हुने निर्वाचन बहिष्कार सभाको लागि कार्य विभाजन गरेका छन् ।

उक्त सभामा जनसहभागिताको लागी व्यापक तयारी भइरहेको जनाइएको छ । बहिष्कार सभालाई नेकपा ( क्रान्तिकारी माओवादी) का पिविएम सिपि गजुरेल (गौरव) , नेकपा (वहुमत) का संयोजक धर्मेन्द्र वास्तोला (कन्चन)नेकपा (मशाल) का केन्द्रिय सदस्य लाल बहादुर जाग्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

२०९ कार्तिक ११ भारत तर्फ सडक निमार्ण गर्ने क्रममा विस्फोटन गराउँदा नेपालको दार्चुला जिल्ला व्यास गाउँपालीकाबस्ने पवन महरा नेपाल तर्फको बाटोमा हिडिरहेको अवस्था भारततर्फ विष्फोटन गर्दा आएको ढुङ्गा लागी मृत्यु भएको छ। भारत सरकारले सडकमा विष्फोटन गर्दा पूर्व सूचना र सतर्कता नअपनाएको कारण महराको निधन हुन गएको घटनाको  बारेमा नेकपा (क्रान्तिकारी माओवादी) का सुप प्रदेशका सक्रेटी राम वहादुर महरा, नेकपा(वहुमत) का के.स.एव कैलाली इन्चार्ज शेर बहादुर देउवा र नेकपा (मशाल) का प्रतिनिधि नरेश झुकालले एक सयुक्त विज्ञप्ति निकाली निन्दा र भर्त्सना गरेको छ।  

                               विज्ञप्ति


                            

२०७९ कात्तिक १४ १४:३९ बजे

प्रतिक्रिया