नेपाली कांग्रेसले प्रजातन्त्रको खिल्ली उडायो -हरिबहादुर बस्नेत

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १४ १४:१५ बजे
हरिबहादुर बस्नेत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले सत्ताका लागि कांग्रेसले प्रजातन्त्रसँग  खेलबाड गरेको आरोप लगाएका छन् ।  

पार्टीको चुनावी अभियानमा गृहजिल्ला उदयपुरको सदरमुकाम गाईघाटमा सोमबार पत्रकारसँगको भेटघाटमा उनले बन्दुक बोकेको माओवादीसँग अपवित्र गठबन्धन गरेर कांग्रेसले प्रजातन्त्र माथी नै खिल्ली उडाएको  बताएका हुन् ।  

वीपीले प्रतिपादन गरेको कांग्रेसको प्रजातन्त्र आज जाड रक्सी, गाँजा सेवन गराएर बन्दुकको बलमा जनता मार्ने पार्टीसँग पुगेको बताउँदै उनले भने, अब भन्नुस् यसले प्रजातन्त्र संरक्षण र जनताको भावनालाई सम्बोधन गर्न सक्छ ? उनले कांग्रेस र माओवादीभित्र आर्दश र मुल्यमान्यताको राजनीति स्खलित भएकोसमेत आरोप लगाए । 

ठूला दल देश र जनताभन्दा पनि सत्तामा केन्द्रित हुँदा राज्यका तीनवटै अंग काम नलाग्ने भएको उनको आरोप रहेको छ । 

उनले संस्कृति र धर्म संरक्षण, देशविकास, समृद्धि अब परिवर्तनको पक्षधरबाट मात्र सम्भव रहेकाले मुलुकको यो संकटकालिन घडीको अन्त्य गर्न पनि वैकल्पिक शक्तिकोरुपमा राप्रपाको उदय भएको बताएका छन् । 

२०७९ कात्तिक १४ १४:१५ बजे

प्रतिक्रिया