धादिङमा पहिरोमा पुरिएर एकको मृत्यु

धादिङमा पहिरोमा पुरिएर एकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १० १३:३५ बजे
मृत्यु
 काठमाडौं । धादिङमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको को निलकण्ठ नगरपालिका–४ बेसारे बेंसीघरमाभरत रानाको घर पुरिँदा उनकी बुहारी शर्मिला राना मगरको मृत्यु भएको त्यहाँका वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

रातिदेखि परेको पहिरोले घर पुरिँदा उनको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएकी उनको सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले शव निकालेका थिए ।

बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । धादिङबेंसीको अरुण खोलामा बाढी आउँदा भौतिक क्षति भएको छ ।
२०७९ साउन १० १३:३५ बजे

प्रतिक्रिया