तिहार पछि पहिलो दिन आज सेयर बजार खुल्दै

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १४ ०९:१२ बजे
सेयर बजार

काठमाडौं । विगतका केहि महिना देखी ओरालो यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से आज खुल्ने भएको छ । नेप्से आज एक साता पछि खुल्न लागेको हो । 

तिहार तथा छठको उपलक्षमा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द थियो।६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो। 

कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ। यस्तो अवस्थामा अब सेयर बजार कता जाला भनेर चासो रहेको छ। तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकरात्मक देखिएको थियो । 

२०७९ कात्तिक १४ ०९:१२ बजे

प्रतिक्रिया