बोल्दा बोल्दै बेहोस भएका शशांक कोइराला होसमा आए

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १३ १९:३१ बजे
शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार शशांक कोइराला  चुनाव प्रचारप्रसारका क्रममा अकस्मात् विरामी परेका छन्  

नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा कोइराला अकस्मात्  बेहोस भएपछि  उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव भरत तिवारीले बताए । अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि आएको अस्पतालले जनाएको छ ।  

२०७९ कात्तिक १३ १९:३१ बजे

प्रतिक्रिया