दोनबासका प्रमुख सहरमा रुसी हमला तीव्र पारीदै

दोनबासका प्रमुख सहरमा रुसी हमला तीव्र पारीदै

bimbonline बिम्ब अनलाइन
२०७९ असार २८ ०८:४७ बजे
war

काठमाडौं । रूसी सेनाले दोनबासका प्रमुख शहरहरूमा आफ्नो लडाईको गतिलाई  बढाउदै  लगेका छन् । रुसले दोनबासका मुख्य सहरलाई पुनः निशाना बनाउन थालेको  छ । युयुक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडाले मस्कोविरुद्ध प्रतिबन्धहरू कमजोर गरेको आरोप लगाइरहेका  छन् । 

पूर्वी युक्रेनमा रुसी आक्रमणको केन्द्र बिन्दु दोनेत्स्क क्षेत्रको चासिभ यार सहरमा रहेको एक अपार्टमेन्ट भवनमा रुसी गोलाबारीमा  परी ३३ जनाको ज्यान  गएको छ  । 

रूसी सेनाले दोस्रो सहर खार्किभको सपिङ सेन्टर र नागरिक आवासलाई लक्षित गरी आक्रमण गरेको क्षेत्रीय प्रमुख ओलेग सिन्येगुबोभले बताएका छन् ।

२०७९ असार २८ ०८:४७ बजे

प्रतिक्रिया