आइसिसी टी–२० विश्वकप : जिम्बाब्वेविरुद्ध बंगलादेशको रोमाञ्चक जित

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १३ १३:२६ बजे
बंगलादेश

काठमाडौं । अस्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत जिम्बाब्वेविरुद्ध बंगलादेश तीन रनले  जित हात पारेको छ । बंगलादेशको यो दोस्रो जित रहेको छ ।    यसअघि बंगलादेशले नेदरल्याण्ड्सलाई ९ रनले  पारजित गरेको थियो । दोस्रो खेलमा भने बंगलादेश दक्षिण अफ्रिकासँग १ सय ४ रनको हार व्यहोरेको थियो । 

जिम्बाब्वेको  यो पहिलो हार हो । उसले पहिलो खेलमा दक्षिण अफ्रिकासँग वर्षाका कारण अंक बाँड्यो । दोस्रो खेलमा जिम्म्बाब्वेले पाकिस्तानलाई एक रनले हराएको थियो । बंगलादेशले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । 

उसका लागि शेन विलियम्सले अर्धशतकीय पारी खेले । ४२ बल खेलेका उनले आठ चौकासहित ६४ रन बनाए । त्यस्तै, रयान बर्लले अविजित २७ र रेजिस चकाब्वाले १५ रन जोडे ।

 बंगलादेशका लागि तस्किन अहमदले चार ओभरमा एक मेडनसहित १९ रन दिएर तीन विकेट लिए । त्यस्तै, मोसाद्देक हुसेन र मुस्तफिजुर रहमानले दुई( दुई विकेट हात पारे । त्यसअघि ब्रिसबेनमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।  

उसका लागि ओपनर नजमुल हुसेन शान्तोले अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले सात चौका र एक छक्काको सहयोगमा ७७ रन बनाए । त्यस्तै, अफिफ हुसेनले २९, कप्तान शाकिब अल हसनले २३ र लिटन दासले १४ रन जोडे ।

जिम्बाब्वेका लागि ब्लेसिङ मुजरबानी र रिचर्ड नाग्रावाले दुईरदुई, सिकन्दर राजा र वेस्ली मधेभरेले एकरएक विकेट हात पारे ।

आजको जितसँगै बंगलादेश दोस्रो स्थानमा रहेको छ ।  पराजित जिम्बाब्वे तेस्रोबाट चौथो स्थानमा खस्किएको छ । दक्षिण अफ्रिका तेस्रोमा खस्किँदा भारत शीर्ष स्थानमा कायमै छ । 

२०७९ कात्तिक १३ १३:२६ बजे

प्रतिक्रिया