तत्कालीन नेकपाको जनमतलाई ओलीले आफ्नो दाइजो ठानेको भन्दै ओली माथि खनिए भुसाल

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १३ १०:०४ बजे
भुसाल

काठमाडौं ।  रुपन्देही १ मा सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष ओलीले आफूले पाएको जनमतको  अपमान गरेको बताएका छन् । नेकपा हुँदा आफूले पाएको दुई तिहाइको मतलाई ओलीले दाइजो ठानेका भुसालको आरोप रहेको छ । उनले पार्टी विभाजन पनि ओलीकै कारण भएको बताएका छन् ।  

रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता भुसालले ओलीमा राणाहरुको जस्तो दम्भ भएको  आरोप लगाएका छन् । ओलीमा राणाहरुको जस्तै दम्भ छ, त्यही दम्भले नै एमालेका कैयौं निष्ठावान नेताको भविष्य खाइदियो ।’ निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकट समेत नदिएको प्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुसालले बताएका छन् ।  

 ओलीले संसद माथी नै प्रहारगरेकै कारण देशमा अस्थिरता निम्तीएका बताएका छन् ।  दुई पटक संसद विघटन गर्ने ओली नेतृत्वको एमालेमा रहेका नेताहरूले जनताको घर दैलोमा भोट माग्नु लज्जाको विषय हुने उनको तर्क छ ।

त्रिभुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका भुसालले मुलुकको समग्र विकासको लागि राजनीतिक स्थिरता र संविधानको कार्यान्वयन नै पहिलो सर्त भएका छन् । भुसालले एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

२०७९ कात्तिक १३ १०:०४ बजे

प्रतिक्रिया