प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजी, नागरिकता विधेयक खारेज गर्न माग

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजी, नागरिकता विधेयक खारेज गर्न माग

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ९ १७:२५ बजे
प्रधानमन्त्री देउवा

 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको एउटा कार्यक्रममा नाराबाजी भएको छ।

सोमबार दिउँसो भीमसेन थापा स्मृति प्रतिष्ठानले राजधानीको कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएका थिए।

कार्यक्रममा प्रधानमन्त्री देउवाले बोल्न खोज्दा पहिला एक जना युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,’ भन्दै नारा लगाएका थिए।

उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदालिँदै अर्का युवाले ‘एमसिसीको मतियार शेरबहादुर देउवास् मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

उद्घोषकले प्रधानमन्त्री देउवालाई मन्तव्‍य दिन बोलाएपछि केही व्यक्तिले नाराबाजी गरे। कार्यक्रम स्थलमा नाराबाजी हुन थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्री देउवालाई सुरक्षित तवरले मन्तव्‍य स्थानसम्म पुर्‍याएका छन्।

अहिले प्रधानमन्त्री देउवा कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्। प्रहरीले नाराबाजी गर्नेहरुलाई कार्यक्रमस्थल बाहिर निकालेको छ।

२०७९ साउन ९ १७:२५ बजे

प्रतिक्रिया