नक्कली नोटसहित एक जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १२ २०:०६ बजे
पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटसहित रौतहटमा एक जनालाई पक्राउ गरिएको छ । आज (शनिबार) गौरबाट प्रहरीले ४० वर्षीय जय प्रकास साहलाई  नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।  

गौर -४ स्थित गुप्ता पेट्रोल पम्प नजिकबाट तीन थान (तीन हजार) नक्कली नेपाली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले बताएका छन् । 

२०७९ कात्तिक १२ २०:०६ बजे

प्रतिक्रिया