लाभको पदमा बसेका कारण डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १२ १९:५१ बजे
डा. तोसिमा कार्की

काठमाडौं । निर्वाचन आयोगले ललितपुर निर्वाचन क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज  गरेको छ । उनि लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले उनको  उम्मेदवारी खारेज गरेको हो ।  

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी उनी नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेकाले आयोगले उम्मेदवारी खारेज  गरेकाे  हो ।

२०७९ कात्तिक १२ १९:५१ बजे

प्रतिक्रिया