आईसीसी टी २० : श्रीलंकामाथि न्युजिल्याण्डको सहज जित

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १२ १९:४२ बजे
न्युजिल्याण्ड

काठमाडौं । आईसीसी टी- २०   अन्तर्गत आज भएको खेलमा न्युजिल्याण्डले श्रीलंकामालाई पराजित गरेको छ । न्यूजिल्याण्डले श्रीलंकालाई ६५ रनले पराजित गरेको हो । 

न्युजिल्याण्डले दिएको १६८ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको श्रीलंका १९ ओभर २ बलमा १०२  रन जोड्दै अलआउट भएको हो ।  श्रीलङ्काका लागि कप्तान डसुन शनकाले सर्वाधिक ३५ रन  बनाए । भानुका राजपाक्षेले ३४ रन । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन

श्रीलंकालाई सस्तैमा रोक्न न्यजिल्याण्डका ट्रेन्ट बोल्टले ४ विकेट लिए । मिचेल स्टाननरले २ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन जोडेको थियो । न्यूजिल्याण्डका ग्लेन फिलिप्सले १ सय ४ रनको शतकीय इनिङ खेले । श्रीलंकाका लागि कसुन राजिथाले २ विकेट लिए । प्रतियोगितामा दोस्रो जितसहित समूह १ को शीर्षस्थानको न्यूजिल्याण्डलेअंक जोडेको छ । श्रीलंका २ अंकसहित पाँचौं स्थानमा छ ।

२०७९ कात्तिक १२ १९:४२ बजे

प्रतिक्रिया