डडेल्धुरा अस्पतालमा श्रावण १७ गते देखि २१ गते सम्म निःशुल्क स्वास्थ्य शिविर सेवा

डडेल्धुरा अस्पतालमा श्रावण १७ गते देखि २१ गते सम्म निःशुल्क स्वास्थ्य शिविरमा सेवा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ९ १७:१० बजे
डडेल्धुरा अस्पताल

डडेल्धुरा ।  डडेल्धुरा अपस्ताल डडेल्धुराको आयोजना र सुषमा कोइराला मेमोरियल अस्पताल काठमाण्डौका विशेषज्ञ चिकित्सक द्वारा २०७९ श्रवण १७ गते देखि २१ गते सम्म  डडेल्धुरा अस्पताल डडेल्धुरामा   निःशुल्क  स्वास्थ्य  सेवा सञ्चालन  हुने भएको छ ।

निःशुल्क सञ्चालन हुने  शिविरमा आगोले पोलिएर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएको, आगोले पोलिएर वा जन्मजात हातका औँलाहरू टाँसिएको, हात तथा खुट्टामा जन्मजात पाँच भन्दा वढी औँलाहरू टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेकोहरु , माशंपेशी खुम्चिएर  बिरामी उपचार हुने  भएको छ ।

साथै शरीरको कुनै भाग शल्यक्रिया गराउनु पर्ने अवस्था भएको, खुट्टाको पैताला भित्रतिर फर्किएको, हात वा खुट्टा काटिएको ठाँउमा  पाकेर नचल्ने वा अन्य कुनै कारणले पुन शल्यक्रिया गर्नु परेमा, कान तथा नाक चिरिएको उपचार, हर्निया,हाइडोसिल र शरीरमा मुसा, कोठी,दाग तथा  गाँठाहरुको शल्यक्रिया तथा क्यान्सर सम्बन्धी शल्यक्रिया र मेरुदण्ड भाँचिएको प्यारालाइसिस भएका बिराममा खाँटे घाउँ भएकाहरूको  उपचार हुने भएको छ ।

विरामीहरुले डडेल्धुरा अस्पताल डडेल्धुरामा  आइ निःशुल्क स्वास्थ्य सेवा लाभ प्राप्त गरिदिन हुने  डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले  जानकारी गराउनु भएको छ। सुषमा कोइराला मेमोरियल अस्पताल काठमाण्डौका विशेषज्ञ चिकित्सकद्वारा निशुल्क विशेषज्ञ सेवा प्रवाह हुने छ।

२०७९ साउन ९ १७:१० बजे

प्रतिक्रिया