१५ वर्षमुनिको नेपाली फुटबल टोली आज बङ्लादेश जाँदै

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १२ ०९:३० बजे

काठमाडौं । १५ वर्षमुनिको नेपाली महिला फुटबल टोली आज बङ्लादेश जाँदैछ । १५ वर्षमुनिको साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज बङ्गलादेश जान लागेको हो ।  

टोलीलाई हिजो एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।

च्याम्पियनसिपमा घरेलु टोली बङ्लादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले कार्तिक १७ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ ।

२०७९ कात्तिक १२ ०९:३० बजे

प्रतिक्रिया