कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै 

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १२ ०९:०६ बजे
कांग्रेस

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचनका लागि आज ( शनिबार)  संकल्प पत्र सार्वजनिक गर्न भएको छ । ‘संकल्प पत्र’को नाममा कांग्रेसले  घोषणापत्र सार्वजनिक गर्न लागेको हो। 

सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्नेछन्। कांग्रेसले घोषणापत्र बनाउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति निर्माण गरेको थियो। घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम यसअघि दुईपटक सरेको थियो।

निर्वाचन नजिकिए सँगै ठूला दलहरू आफ्नो घोषणा पत्रलाई अन्तिम रूप दिने वा सार्वजनिक गर्ने तयारीमा रहेको छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने कात्तिक १८ गते आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ

२०७९ कात्तिक १२ ०९:०६ बजे

प्रतिक्रिया