रूपन्देहीमा प्रगतिशील देउसी भैलो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ११ १८:५३ बजे
देउसीभैलोका सहभागीहरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  मशाल रूपन्देहीको आयोजनामा र रक्तिम सांस्कृतिक अभियानको प्रस्तुतिमा  रूपन्देही जिल्लाका बिभिन्न स्थानमा देउसी भैलो कार्यक्रम गरिएको छ । देउसी भैलो  २०७९ कात्तिक ८ गतेदेखि कार्तिक १२ गतेसम्म खेलिएको  छ।

समाजमा बढ्दै गइरहेको पाश्चात्य छाडा संस्कृति र त्यसले जनतामा पार्दै आएको विकृत असरबाट जोगाएर जनतामा जनवादी चेतनाको विकास गर्नु यो भैलोको उद्देश्य रहेको पार्टी प्रवक्ता दीपक पौडेल ले बताएका छन् । पार्टीले तिहारको धार्मिक  पक्षलाई  स्वीकार नगरेपनि तिहारको सांस्कृतिक सन्दर्भलाई उपयोग गरेर भ्रष्ट दलाल संसदीय व्यवस्थाका विकृतिको भण्डाफोर गर्ने सन्देशमूलक कार्यक्रम बनाएको जनाएका छन ।

सर्वोच्च अदालतले नो भोटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएपनि सरकारले त्यसको व्यवस्था गरेको छैन । संसदीय व्यवस्था असफल बनेको छ र त्यसलाई विस्थापित गर्न आगामी निर्वाचन बहिष्कार गर्नलाई अपिल गर्दै घर-घरमा देउसी  भैलो  मार्फत जनतामा  प्रगतिशील सन्देश प्रवाह भएको  बताइएको छ । 

२०७९ कात्तिक ११ १८:५३ बजे

प्रतिक्रिया