सभामुख सापकोटाको चिन्ता - खरानी पनि आयात हुन्छ

सभामुख सापकोटाको चिन्ता - खरानी पनि आयात हुन्छ

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ९ १५:४९ बजे
सभामुख सापकोटा

काठमाडौं ।  नेपालले  दैनि देखि  अन्य  मेसिनरी  सामान निरन्तर आयात  गर्दै आएको छ । पछिल्ला  विभिन्न रिर्पोटहरु  हेर्ने  हो  भने नेपालको पुरा  व्यापार आयातमा मात्रै सिमित  भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने बिडम्वना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।   सभामुखले यसरी  निरन्तर  हेरक  बस्तु आयात गर्नु  दुखको कुरा भएको  बताउनुभएको छ ।

उहाँले भन्नुभयो , ‘हामी कति बिडम्वनापूर्ण स्थितिमा बाँचिरहेका छौं भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्यत्रबाट आयात गर्छौं । जनै लाउँछौं तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैं अचम्मित छु । २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरू आयात गर्छौं । यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ? '

सभामुख सापकोटाले अहिलेको सरकाले  युवाहरुलाई बढी प्रथमिकतामा राखेको बताउनु भएको छ ।   सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्  । उनले  युवाहरका आवाजलाई  सुन्नु आजको  आवश्यकता भएको  बताए ।  

  उहाँले भन्नुभयो 'अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ ।’

यद्यपि उनले विश्वभर अराजकता र अन्तरविरोध मडारिन थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । विश्वभर विभिन्न विषयमा अन्तरविरोध देखिँदा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

‘वास्तवमा देशभर एक प्रकारको अन्तरविरोध मडारिन थालेका छन् । एक प्रकारको अराजकता भएको जस्तो छ । दुनियाँमा अभिभावकको खाँचो भएको जस्तो छ । यी सबै परिवेशबाट अहिले नयाँ विश्व दृष्टिकोणको आवश्यकता छ । दर्शनमा, सिद्धान्तमा विचारमा अहिले बहस छैन । सारा दुनियाँको ध्यान व्यापारमा केन्द्रित छ । हतियारको होडबाजी चलिरहेको छ । सैन्य क्षेत्रमा शक्ति राष्ट्रहरुले अत्यधिक खर्च गरिरहेका छन् । यस्तो परिस्थितिमा एउटा नयाँ विश्व दृष्टिकोणको निर्माणको दिशातर्फ संसारका महानतम व्यक्तित्वहरु लागिरहेका छन् । त्यही विश्व दृष्टिकोण निर्माणसँगै नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता छ, ।  

२०७९ साउन ९ १५:४९ बजे

प्रतिक्रिया