टी-२० विश्वकपमा आज २ खेल हुँदै

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ११ ०९:०६ बजे
टी-२० विश्वकप

काठमाडौं । आईसीसी विश्वकप टी २० क्रिकेटमा आज २ वटा खेल हुने भएका छन्। अष्ट्रेलियामा जारी प्रतियोगितामा आज पहिलो खेलमा आयरल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा इंग्ल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने छ।

आयरल्याण्ड लगातार दोस्रो जित र अफगानिस्तान पहिलो जितको खोजिमा रहेको छ। आयरल्याण्डले डिएल मेथडमा इंग्ल्याण्डलाई पराजित गरेको थियो।

अफगानिस्तानले न्यूजिल्याण्डसँगको खेल रद्द भएपछि एक अंक लिएको थियो। अफगानिस्तान र आयरल्याण्डबीचको खेल पौने १० बजे सुरुहुने छ। यसैगरी आजै दिउँसो पौने २ अष्ट्रेलिया र इंग्ल्याण्ड आमने सामने हुने छन्।

घरेलु टोली अष्ट्रेलिया पहिलो खेलमा न्यूजिल्याण्डसँग पराजित भए पनि दोस्रो खेलमा श्रीलंकाविरुद्ध जित  निकालेको थियो । आजको खेलमा पनि जित निकाल्दै अष्ट्रेलिया सेमिफाइनल सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुँदा इंग्ल्याण्ड पनि जित निकाल्दै बलियो दावेदारी प्रस्तुत गर्ने लक्ष्यमा रहेको ।

इंग्ल्याण्डले सुपर १२ को आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।

२०७९ कात्तिक ११ ०९:०६ बजे

प्रतिक्रिया