घोषणापत्र ल्याउनमा ढिलाई

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ११ ०७:५५ बजे
घोषणापत्र

काठमाडौं । निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरू आफ्नो घोषणा पत्र ल्याउने तयारीमा जुटेका छन् । चाडवाडको क्रममा पनि विभिन्न माध्यमबाट राजनीतिक दलहरूले भने आफ्नो निर्वाचन प्रचार प्रसारलाई निरन्तरता दिएको छ । यता विभिन्न राजनीतिक पार्टीका ठूला अर्थात शीर्ष नेताहरू भने सुरक्षित रहेका छन् ।  

तर ठूला राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्र ल्याउन ढिलाई गरिरहेका छन् । साना राजनीतिक दलहरूले भने आफ्ना निर्वाचन घोषणापत्रहरू ल्याए पनि ठूला राजनीतिक दलहरू भने एक अर्कालाई नै आरोप प्रत्यारोप लगाउनमै व्यस्त रहेका छन् । 

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले भने निर्वाचनको लागि  संकल्प पत्र तयार पारेको भए पनि सार्वजनिक भने गर्न सकेको छैन् । यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि आफ्नो चुनावी घोषणापत्र तयार पारीसकेको छ तर सार्वजनिक गर्नमा ढिलाई गरिरहेको छ । नेकपा माओवादी केन्द्रले पनि आफ्नो घोषणापत्र तयार पारेको छ । नेकपा माओवादी छठ पछि मात्रै आफ्नो घोषणापत्र सार्वजनिक गर्न भएको छ ।

शीर्ष पार्टीहरूको घोषणापत्रमा देशको विकास , शान्ति र आर्थिक विकासका कुराहरू समेटिएका छन् । नेपाली कांग्रेसले भने स्थानीहरूसँग रहेको सीप समृद्धि को लागि आफूहरू कृषि मुखी कार्यक्रम ल्याएको जनाएको छ । नेपाली कांग्रेसले भने आफूहरू कल्पनाको उडान भर्ने बाटोमा नरहेको बताएको छ ।  

२०७९ कात्तिक ११ ०७:५५ बजे

प्रतिक्रिया