विश्वकप हेर्न कतार जानेले कोरोना परीक्षण गर्न नपर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ११ ०७:१० बजे
विश्वकप

काठमाडौं ।आगामी २० नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकपका लागि कतार खेल हेर्न जानेले कोरोनाको परिक्षण गर्नुनपर्ने भएको छ ।  १ नोभेम्बरदेखि कतार प्रवेश गर्ने कसैले पनि पीसीआर र एन्टिजेन परीक्षण गर्न नपर्ने  बतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कतारी नागरिक र यहाँ भएका विदेशीले पनि अब अर्को देशबाट फर्केको २४ घण्टाभित्र पीसीआर वा एन्टिजेन जाँच गराउनु पर्ने बाध्यता हटेको छ ।  १८ डिसेम्बरसम्म चल्ने विश्वकपका ६४ खेल खेलका लागि कतारले आठ अत्याधुनिक रंगाशाला बनाइसकेको छ। ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा विश्वकपको भव्य उद्घाटन हुनेछ।

पहिलो खेल २० नोभेम्बरमा कतार र इक्वेडरबीच हुनेछ भने १८ डिसेम्बरमा कतारको राष्ट्रिय दिवसको दिन फाइनल तथा अन्तिम खेल हुनेछ।

२०७९ कात्तिक ११ ०७:१० बजे

प्रतिक्रिया