कारोबार रकम सहित नेप्सेमा उल्लेख्य वृद्धी

कारोबार रकम सहित नेप्सेमा उल्लेख्य वृद्धी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ९ १५:३४ बजे
सेयर बजार

काठमाडौं । हिजो उच्च अंकले उकालो  लागेको सेयर बजार परिसिुचक नेप्से आज  पनि उच्च  अंकले  उकालो लागेको छ । यसरी  बजार निरन्तर उकालो लागि रहँदा  बजा  भने फेरी  बुलिस तिर गएको देखिन्छ ।  कारोबारको दोस्रो  दिन आज  सेयर बजारको परिसूचक नेप्से ५४.४५ अंकले  उकालो लागेको हो ।

आजको उकालो यात्रासँगै नेप्सेले  २१ सय अंक नाघेको छ । सोमबार नेप्से २१३२ अंकमा  पुगेको छ ।  आज नेप्से उच्च  अंंकले बढ्दा ४ अर्ब १० करोड बराबरको कारोबार भएको छ । यसरी कारोबार  रकममा  पनि  उल्लेख्य  सुभार आएको  देखिएको छ ।

सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ २१, विकास बैंक २१३, फाइनान्स १३८, होटल तथा पर्यटन ७५, जलविद्युत् १०७, जीवन बीमा २१०, उत्पादन १७०, माइक्रोफाइनान्स १८५, निर्जीवन बीमा १२५, अन्य १४ र ब्यापार उपसमूह ५० अंक बढे । १७६ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने ३ को स्थिर रह्यो ।

१ दर्जन कम्पनीको मूल्य १० प्रतिशत हाराहारीले बढेको छ । नारायणी डेभलपमेन्ट, मल्टिपर्पोज फाइनान्स, सुर्योदय वमी लघुवित्त, ग्रीन डेभलपमेन्ट, युनाइटेड मोदी, मानुसी लघुवित्त, बलेफी हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । अरु ६ कम्पनीहरु समृद्धि फाइनान्स, गोर्खा फाइनान्स, गुहेश्वरी मर्चेन्ट, श्री इन्भेष्टमेन्ट, पोखरा फाइनान्स र सिन्धु विकासको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुणकाबेली, नेपाल  टेलिकम, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी क्रमश रहेका छन् ।  

२०७९ साउन ९ १५:३४ बजे

प्रतिक्रिया