देउसी खेल्न जाँदा भीरबाट खसेर एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १० १३:४० बजे
मृत्यु

काठमाडौं । मकवानपुरका छुट्टाछुट्टै स्थानमा लडेर २  जनाको मृत्यु भएको छ । भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको बुधवार राति देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा भीरबाट लडेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार लडेर गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । 

त्यसैगरी हेटौंडा-१२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको आज (बिहीवार) बिहान साढे ९ बजे हिंड्दै गर्दा हल्का पानी रहेको खोल्सामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७९ कात्तिक १० १३:४० बजे

प्रतिक्रिया