आईसीसी टी–२० विश्व कप: दक्षिण अफ्रिकाले बङ्गलादेशलाई १ सय ४ रनले हरायो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १० १३:२१ बजे
आईसीसी टी–२० विश्व कप

काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटमा  आज भएको खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराएको छ । सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई एक सय चार रनले  पराजित गरेको हो ।  

 दक्षिण अफ्रिकाले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १६ ओभर ३ बलमा एक सय एक रनमा अलआउट भयो । उसका लिटन दासनले ३४ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका एनरिच नोकियाले चार विकेट लिए । 

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय पाँच रन बनायो । उसका रिले रुसोले एक सय नौ र क्विन्टन डी ककले ६३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शकिब अल हसनले दुई विकेट लिए ।  

.जितसँगै दुई खेलमा तीन अङ्कसहित दक्षिण अफ्रिका समूह '२'को तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बङ्गलादेश भने तेस्रो स्थानमा छ ।  

२०७९ कात्तिक १० १३:२१ बजे

प्रतिक्रिया