च्याम्पियन्स लिग : बार्सिलोना समूह चरणबाटै बाहिरियो, युरोपा लिगमा घटुवा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १० ०८:५३ बजे
च्याम्पियन्स लिग

 काठमाडौं । बार्सिलोना युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३–० गोलले पराजित भयो ।

त्यसअघि भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४–० गोलले पराजित गरे लगत्तै बार्सिलोना बायर्न म्युनिखसँग खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो । समूहको पाँचौ खेलमा बार्सिलोना पराजित भएको हो । दोस्रो खेलमा बायर्नले बार्सिलोनालाई हराएपछि जर्मन टोली समूह ‘सी’ को विजेता बनेको छ ।

बायर्नका साडियो माने, एरिक चुपो मोटीङ र बेन्जामिन पाभार्डले गोल गरे । बायर्नको पाँच खेलमा १५ अंक छ । समान खेलमा इन्टर मिलानको १० अंक छ । मिलान दोस्रो स्थानमा छ । बार्सिलोना युरोपा लिगमा घटुवा भएको छ । एजेन्सी 

२०७९ कात्तिक १० ०८:५३ बजे

प्रतिक्रिया