एमालेले चुनावी अभियान दार्चुलाबाट सुरु गर्ने

कात्तिक १८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनि गर्ने लागेका हुन्

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ८ १४:०५ बजे
एमाले चुनावी अभियान

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुदूरपश्चिमबाट देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर एमालेले देशव्यापी चुनावी अभियान  दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो ।

कात्तिक १८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनि गर्ने लागेका हुन् । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार हेलिकप्टरमार्फत दार्चुला पुगेर ओलीले सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर चुनावी अभियान थालनी भएको घोषणा गर्ने भएका छन् । 

२०७९ कात्तिक ८ १४:०५ बजे

प्रतिक्रिया