गठबन्धनको उद्देश्य देश बनाउने होइन, एमाले सिद्ध्याउने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ८ १३:३६ बजे
file photo

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको देश बनाउने सवालमा कुनै उदेश्य नभएको बताएका छन् । उनले गटबन्धनको उदेशय एमालेलाई हराउनुमात्रै रहेको बताउदै गठबन्धनको  कुनै उदेश्य र कार्यक्रम नभएको  बताएका हुन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताएका हुन्। 

एमालेको उद्देश्य राजनीतिक स्थायीत्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने पोखरेलको भनाई रहेको छ । नीतिहित, सिद्धान्तहिन र अस्थीरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने उनको भनाई रहेको छ । 

त्यस्तै पोखरेलले तिहार लगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए। घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र भावी योजनाहरु तालिकाबद्ध रुपमा आउने उनले बताए।

२०७९ कात्तिक ८ १३:३६ बजे

प्रतिक्रिया