टी-२० विश्वकप :यरल्याण्डमाथि श्रीलंकाको पहिलो सानदार जित

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ १३:४२ बजे
श्रीलंका

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले पहिलो जित निकालेको छ । श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको फराकिलो जित निकालेको हो । आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो ।

श्रीलंका लागि ओपनर कुशल मेन्डिसले नट आउट ६८ रन बनाए । अर्का ओपनर धनञ्जय डी सिल्भा ३१ रनमा क्याच आउट भए । तेस्रो क्रमका ब्याटर चरिथ असलंका ३१ रनमा नट आउ रहे । आयरल्याण्डका ग्रेथ डिनालेले एक विकेट लिए ।

ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । आयरल्याण्ड लागि ह्यारी टेक्टरले सर्वाधिक ४५ रन बनाए । ओपनर पल स्टर्लिङले ३४ रन बनाए । । श्रीलंकाका लागि महेश थाक्सेना र वानिन्डु सिल्भाले सर्वाधिक २ विकेट लिए ।

यो जितसँगै श्रीलंका समूहको दोश्रो स्थानमा उक्लिएको छ । समान २ अंक भए पनि रन रेटका आधारमा न्युजिल्याण्ड पहिलो र इंग्ल्याण्ड तेश्रो स्थानमा छन् ।

२०७९ कात्तिक ६ १३:४२ बजे

प्रतिक्रिया