एमाले कार्यकर्ता जसपामा भित्र्याएपछि...

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ १३:३६ बजे
जसपा

काठमाडौं । वीरगञ्जमा जनता समाजवादी पार्टीले नेकपा एमाले कार्यकर्तालाई जसपा प्रवेश गराएको छ ।  पर्सा क्षेत्र–१ का उमेदवार एवं पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले एमाले कार्यकर्ता ग्यासुद्दीन मियाँलाई आइतबार जसपामा प्रवेश गराएका हुन् ।  

एमाले पर्साका इन्चार्ज प्रभु हजराले दुई दलबीचमा गठबन्धन भएको अवस्थामा एउटा पार्टीले अर्को पार्टीका कार्यकर्ता भित्र्याउने काम गठबन्धनविरुद्ध भएको बताएका छन् । दुई दलबीचमा गठबन्धन भएको अवस्था एकअर्काका कार्यकर्ता चोर्ने काम भएको र यसले निर्वाचनमा प्रभाव पार्न बताएका छन् । एमाले वीरगञ्ज महानगर कमिटी सचिव सुन्दर कुर्मीले  जसपाले गरेको कार्य राम्रो नभएको  बताएका छन् । कुर्मीले जसपाका थुप्रै नेता, कार्यकर्ता एमाले प्रवेश गर्न आतुर भए पनि निर्वाचनसम्म पार्टी प्रवेशलाई आफूहरूले थाती राखेको दबि गरे।

२०७९ कात्तिक ६ १३:३६ बजे

प्रतिक्रिया