दुखत खबर-अछाममा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु

दुखत खबर-अछाममा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ९ ११:१६ बजे
पहिरो

काठमाडौं। अछाममा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउपालिका वडा नं २ भुलुका ४२ वर्षीया हिरकला विष्ट, २५ वर्षीय विरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्ट रहेको प्रहरीले जनाएको छ ।

घरभित्र सुतेरहेको अवस्थामा राती करिब १२ बजेतिर घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि एकै कोठामा रहेका विरेन्द्र र संविधान कोठामै पुरिएर मृत्यु भएको हो । बाहिरी कोठामा सुुतेकी हरिकलाको मृत्यु भएको छ भने नैना विष्टलाई च्यापिएको अवस्थामा उद्धार गरिएको वडा सदस्य दिपेन्द्र कामीले जानकारी दिए।

हरिकला र संविधान विष्ट आफ्नो घर भत्किने जोखिमका कारण त्यस घरमा सुत्न आएको बताइएको छ । तीन तलाको १० कोठा रहेको घर भत्किएसँगै आठ बाख्रा च्यापिएर मरेको छ । प्रहरीले मुचुल्का तयार पारी शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लागिएको छ ।

२०७९ साउन ९ ११:१६ बजे

प्रतिक्रिया