राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र ननिकाल्ने

राष्ट्रिय स्वतन्त्र पार्टी

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ १३:२६ बजे
राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र ननिकाल्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले घोषणापत्रको सट्टा “वाचा पत्र“ निकाल्ने बताएका हुन् ।

आइतबार सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्,गर्नै नसकिने झुठो आश्वासनको “घोषणा पत्र“ होइन, गर्नै पर्ने र निश्चित समयमा गरी छाड्ने “वाचा पत्र“ को अन्तिम तयारीका लागि पार्टी मुख्यालय ९ घण्टी घर० काठमाडौ आएको छु । उनले देउसी खेल्न भने चितवनमा जाने बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्वर २ बाट उम्मेदवार हुन ।

२०७९ कात्तिक ६ १३:२६ बजे

प्रतिक्रिया