सन्दीपलाई थप २ दिन हिरासतमा राखिने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ १२:१० बजे
सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई हिरासतमा राख्न चौथो पटक म्याद थप गरिएको छ ।  सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीका अनुसार उनलाई हिरासतमा राख्न २ दिन थपेको हो । ​सन्दीपमाथि १७ वर्षीया किशोरी बलात्कारको आरोप छ ।

सन्दीपले भदौ ५ गते होटलमा लगेर बलात्कार गरेको आरोप किशोरीले जाहेरीमा लगाएकी छन् सन्दीप असोज २० गते विदेशबाट फर्किएपछि प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको थियो ।

२०७९ कात्तिक ६ १२:१० बजे

प्रतिक्रिया