महिला युरो इंग्ल्याण्डले ८ गोल गर्दा नर्वेले एक गोल पनि गर्न सकेन

महिला युरो इंग्ल्याण्डले ८ गोल गर्दा नर्वेले एक गोल पनि गर्न सकेन

bimbonline बिम्ब अनलाइन
२०७९ असार २८ ०८:३४ बजे
england

 काठमाडौं । नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा पुगेको छ । सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इङ्ग्ल्यान्डले नर्वेलाई ८-० अन्तरले हराएको हो । 

पहिलो हाफमा छ गोल र दोस्रो हाफमा दुई गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरिन । यस्तै,  एलेन ह्वाइटले दुई गोल गर्दा जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोले समान एक गोल गरे ।

लगातार दोस्रो जितसँगै इंग्ल्याण्ड समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगेको छ । पराजित नर्वे ३ अंक जोडेर तेस्रो स्थानमा  रहेको छ । 





२०७९ असार २८ ०८:३४ बजे

प्रतिक्रिया