समानुपातिकतर्फको बन्दसूचीबाट ३ सय ८५ जनाको नाम हटाइँदै

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ ०८:०५ बजे
समानुपातिकतर्फको बन्दसूची

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ ।

खर्चको विवरण नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागेको हो । दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४ सय ३९ जनाले समयमै खर्च विवरण नबुझाएको पाइएकाले उनिहरको नाम हटाइन लागेको समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले  बताएका छन् ।  आयोगले उनीहरूलाई हिजोसम्म जरिबाना बुझाउने मौका दिएको थियो । तर, ५४ जनाले मात्रै जरिबाना तिरेका छन् । वाग्लेले हिजोसम्म जरिबाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने बताएका छन् ।  

दलले बुझाएको बन्दसूचीको क्रमसङ्ख्याको अगाडि नै नाम भएकाले जरिबाना तिरे पनि अन्तिमतिर भएकाले नतिरेका आयोगले जनाएको छ । पालिका चुनावमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र खर्च नबुझाएका कारण गएको भदौ ३१ गते आयोगले १ लाख २३ हजार ६ सय २४ जनालाई जरिबाना गरेको थियो । त्यसमध्ये ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ ७१ र समानुपातिकतर्फ ४ सय ३९ जना उम्मेदवार बनेका थिए ।

प्रत्यक्षतर्फको यसअघि नै बुझाइसकेको भए पनि समानुपातिकको जरिबाना तिर्ने समय हिजोसम्म थियो । यो अवधिमा ५४ जनाले मात्रै जरिबाना बुझाएका हुन् । 

२०७९ कात्तिक ६ ०८:०५ बजे

प्रतिक्रिया