चेल्सी र युनाइटेडको बराबरी

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ ०६:५५ बजे
प्रिमियर लिग

काठमाडौं । प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरीमा अंक बाँडेका छन् । खेलको अन्तिममा क्यासेमिरोले हेडर गोल गरेपछि चेल्सी र युनाइटेडले १(१ को बराबरीमा अंक बाँडेका हुन् । स्टानफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल भएन । 

दोस्रो  हाफको ८६ औँ मिनेटमा चेल्सीका लागि जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अगाडि राखेका थिए । 

थप गरिएको समयको ९४ औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । तालिकामा चेल्सी २० अंक सहित चौथो र १९ अंक सहित युनाइटेड पाँचौं स्थानमा छन् । एजेन्सी 

२०७९ कात्तिक ६ ०६:५५ बजे

प्रतिक्रिया