निर्वाचित भएपछि ‘जय नेपाल’ शब्द संविधानमै लेखौं

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ५ १५:२१ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले निर्वाचित भएपछि संविधानमा ‘जय नेपाल’ शब्द लेख्ने  बिषयलाई उठाउने बताएका छन् । 

काठमाडौंको जमलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा  ‘जय नेपाल’ लाई राष्ट्रिय अभिवादनका रुपमा प्रयोगमा ल्याइनुपर्ने जिकिर गर्दै संविधानमै लेख्नका लागि संसदमा कुरा गर्न बताएका हुन् ।  

सत्ता गठबन्धनका तर्फले काठमाडौं–५ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाएका प्रधानले ‘जय नेपाल’ कांग्रेसको मात्र अभिवादन नभएर राष्ट्रिय अभिवादनका रुपमा प्रयोग गरिनुपर्नेमा जोड दिए। 

२०७९ कात्तिक ५ १५:२१ बजे

प्रतिक्रिया