नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस भारतमा हुने लिजेन्ड्स क्रिकेट लिग खेल्ने

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस भारतमा हुने लिजेन्ड्स क्रिकेट लिग खेल्ने v

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ २०:२१ बजे
पूर्व कप्तान पारस

 काठमाडौं ।   नेपाली  क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स क्रिकेट लिग खेल्ने भएका छन् । उनले  आफ्नो   फेसबुकमा  भारतमा आयोजना हुने प्रतियोगितामा आफ्नो सहभागिता हुने  जनाएका छन् ।  

प्रतियोगिता आगामी सेप्टेम्बरदेखि अक्टोबरसम्म हुनेछ ।  प्रतियोगितामा विश्व भरका पूर्व खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ४ टोली हुनेछन् । जसमा ११० लेजेन्ड्स खेलाडी  रहनेछन् ।  प्रतियोगितामा कुल १५ खेल हुनेछ । यस पटक पारससहित ५० खेलाडी पक्का भइसकेको लेजेन्ड्स लिग क्रिकेटले जनाएको छ ।



२०७९ साउन ८ २०:२१ बजे

प्रतिक्रिया