कोदो गोड्ने खेतालाहरू दिउँसोको खाजा खाइरहेको अवस्थामा चट्याङ परेर दैलेखमा १२ जना घाइते

कोदो गोड्ने खेतालाहरू दिउँसोको खाजा खाइरहेको अवस्थामा चट्याङ परेर दैलेखमा १२ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १८:५३ बजे
चट्याङ

 काठमाडौं । चट्याङ लागेर दैलेखमा  १२ ना घाइते भएका छन् ।  दैलेखको डुङ्गेश्वर गाउँपालिका २ को सेर्माकोटमा  चट्याङ लागेर १२ जना घाइते भएका हुन् ।

वडाध्यक्ष यामबहादुर विष्टका अनुसार  स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका हुन् ।   कोदो गोड्ने खेतालाहरू दिउँसोको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको  उनले बताएका छन् ।

घाइतेहरूलाई दैलेख अस्पताल पठाइएको र चट्याङ लागेर केही खसी र गाई मरेका वडा अध्यक्षले बताएका छन् ।  

२०७९ साउन ८ १८:५३ बजे

प्रतिक्रिया