चुनाव बहिष्कार विरोध सभा बुटवल (फोटो फिचर)

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ २०:४९ बजे
चुनाव बहिष्कार विरोध सभा

काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनलाई  अवज्ञा बहिष्कार गरौँ भन्दै विभिन्न ४ बाम  दलहरूले आज  बुटवलमा चुनावी  बहिष्कार सभा गरेका छन् । र्याली बस पार्कबाट सुरु भएको र र्याली बजारका विभिन्न ठाउँमा परिक्रमा गरेर  बिपि चोकमा सभामा परिणत भएको हो ।


सभाको सञ्चालन दीपक पौडेल (नेकपा मशाल) जिल्ला प्रवक्ताले गरेका हुन् । कार्यक्रममा क.प्रवेश (नेकपा बहुमतका जिल्ला इन्चार्ज ) ले अध्यक्षता गरेका हुन् । कार्यक्रममा सहभागीहरूलाई नेकपा माओवादी क्रान्तिकारीका जिल्ला सचिव विनोद मोरासैनीले स्वागत  गरेका हुन् । अतिथिमा  सिपी गजुरेल  नेकपा कार्यवाहक महासचिव (नेकपा क्रान्तिकारी माओवादी ), सन्त बहादुर नेपाली ( नेकपा मशाल महासचिव) ,(नेकपा माओवादी क्रन्तीकारी)का पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपाने ,राम नारायण पाल (नेकपा माओवादी नेपाल ) , धर्मेन्द्र बास्तोला र  नेकपा मशालका पोलिटब्युरो सदस्य कृष्ण राज पौडेलको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मन्सन ,सन्त बहादुर नेपाली ,रामनारायण पाल र सिपी गजुरेलले सम्बोधन गरेका हुन् ।  


२०७९ कात्तिक ४ २०:४९ बजे

प्रतिक्रिया