गठबन्धनमा शंका पैदा गर्ने काम नगरौं : देउवाको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ १४:२७ बजे
देउवा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न आग्रह गरेका छन् ।

शुक्रबार पोखरामापाँचदलीय गठबन्धनले गरेको कार्यकर्ता भेलामा बोल्दै देउवाले गठबन्धन आजको आवश्यकता भएको बताएका छन् । उनले भने , ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ । गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’

देउवाले भने, 'गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने उनले बताए । हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ । सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’

२०७९ कात्तिक ४ १४:२७ बजे

प्रतिक्रिया