इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र फुलहम विजयी

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ ११:३७ बजे
इंग्लिस प्रिमियर लिग
 काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र फुलहम विजयी भएका छन् । राति भएको खेलमा लेस्टर सिटीले लिड्स युनाइटेडलाई २–० गोलले हरायो ।
खेलको १६ औँ मिनेटमा लिड्सका रोविन कोचले आत्मघाती गोल गरेपछि लेस्टरले अग्रता बनाएको थियो । खेलको ३५ औँ मिनेटमा लेस्टरका हर्भे बर्नेस्ले गोल थपे ।
त्यसपछि दुवै टोलीले गोल थप्न सकेनन् । जितसँगै तीन अंक जोडेको लेस्टर ११ खेलमा आठ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । लिड्स युनाइटेड १० खेलमा ९ अंकका साथ १६ औँ स्थानमा छ ।
अर्को खेलमा फुलहमले एस्टनभिल्लालाई ३–० गोलले हरायो । खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफमा एक गोल गरेको फुलहमले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको दोस्रो हाफको ६२ औँ मिनेटमा एस्टनभिल्ला १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै फुलहम ११ खेलमा १५ अंकसहित नवौं स्थानमा छ । समान खेलमा ९ अंक रहेको एस्टनभिल्ला १७ औँ स्थानमा छ ।एजेन्सी 
 ।
२०७९ कात्तिक ४ ११:३७ बजे

प्रतिक्रिया