विभिन्न ७ जिल्लाका एसपी फेरिए

विभिन्न ७ जिल्लाका एसपी फेरिए

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १८:१८ बजे
एसपी फेरिए

 काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपीको सरुवा भएको छ ।विभिन्न सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले एसपीहरूको काज सरुवा गरेका हुन् ।

परिवर्तन भएकाहरुमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेत, रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव गौतम र बारामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इन्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ ।

भक्तपुरमा कार्यरत शिवकुमार श्रेष्ठलाई अख्तियारमा सरुवा गरिएको छ । कार्य विभागमा कार्यरत अनुपम शम्शेर जबरा इन्टरपोल शाखामा सरुवा भएका छन् । सिआइबीमा कार्यरत विश्व अधिकारी युएन शाखामा सरुवा  गरिएको छ ।युएन शाखाबाट गंगा पन्तलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । 


२०७९ साउन ८ १८:१८ बजे

प्रतिक्रिया