नवौँ राष्ट्रिय खेलकुद : पुरुष भलिबलको उपाधि एपिएफलाई

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ १३:५८ बजे
पुरुष भलिबल

काठमाडौं । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको उपाधि एपिएफले हात पारेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा विभागीय डर्वी भिड्न्तमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दे स्वर्ण जितेको हो।

एपिएफले आर्मीमाथि ३-० को सोझो सेटमा जित हात पार्‍यो। एपिएफले खेलमा पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २७-२५ ले जितेको थियो। प्रतियोगिताको तेस्रो सेट २६-२४ ले जित आफ्नो पक्षमा पार्‍यो।

प्रतियोगितामा नेपाल पुलिस क्लबले कास्य पदक हात पारेको थियो। कास्य पदकका लागि आज नै भएको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको थियो।

२०७९ कात्तिक ३ १३:५८ बजे

प्रतिक्रिया